नियम १२
बीउ बिजनको जात दर्ताको लागि निवेदन दिने

(१) बिदेशबाट आयात गरिने बीउ बिजनहरूलाई जात दर्ताको लागि आयातकर्ताले अनुसूची–१ को खण्ड (ग) बमोजिमको ढाँचामा जात अनुमोदन, उन्मोचन र दर्ता उपसमिति समक्ष निवेदन दिनु पर्नेछ ।
(२) नेपालमा परम्परादेखि प्रयोग गरिदै आएको स्थानीय जातको बीउ बिजनहरूलाई राष्ट्रिय अभिलेखमा राख्न तथा जात दर्ता गर्नको लागि अनुसूची–१ को खण्ड (घ) बमोजिमको ढाँचामा जात अनुमोदन, उन्मोचन र दर्ता उपसमिति समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम पर्न आएका निवेदन उपर आवश्यक छानविन गरी जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिले जात दर्ता एवं सूचित गर्नको लागि समिति समक्ष सिफारिश गर्नेछ ।
(४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आनुवंशिक परिवर्तित बाली तथा जीवित रुपमा रुपान्तरित बालीको बीउको हकमा जैविक सुरक्षा विश्लेषण गरिएको प्रतिवेदन वा विवरणको आधारमा मात्र जात दर्ता गरिनेछ ।
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि वर्णनपुंशक प्रविधि (टर्मिनेटर टेक्नोलोजी) प्रयोग भएको बीउको जात दर्ता गरिने छैन ।